मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
२o८२ श्रावण ७ बुधबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीका आर्थिक मामिलामन्त्री काफ्ले एनआरएनएको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १५:५९:oo

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्।

प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री काफ्लेको तीन दिनको वैदेशिक भ्रमण स्वीकृत गरेको हो। बैठक मुख्यमन्त्री बहादुरसिंह लामाको ललितपुरस्थित भैँसेपाटी निवासमा बसेको थियो।

आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट उपसचिव श्रीकृष्ण आचार्यले भ्रमणसम्बन्धी प्रस्ताव पेस गरेका थिए। प्रमुख सचिव अनुपस्थित रहेका वेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रितेश शाक्यले निमित्त प्रमुख सचिवको हैसियतमा सो प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन्। प्रमुख सचिव भूपाल बराल भने त्यस समय प्रदेश राजधानी हेटौँडामा थिए।

मन्त्री काफ्ले साउन ८ गते बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछन्। उनी एनआरएनए दक्षिण कोरियाको निमन्त्रणामा उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन्। सरकारले मन्त्री काफ्लेको भ्रमणको खर्च नव्यहोर्ने निर्णय पनि गरेको छ। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एनआरएनए दक्षिण कोरियाले गर्ने जनाइएको छ।