मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ७ बुधबार ११:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुख राना चीन भ्रमणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार ११:o८:oo

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार राति चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेकी छिन्।  उपसभामुख राना दुई  सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति ११ः३० बजे  त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

उपसभामुख राना चीनको हेनान प्रान्तमा यही साउन  ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने सांघाई सहयोग मञ्च मिडिया र थिंक ट्यांक शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। सो कार्यक्रममा उनले  ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमणसमेत गर्ने छिन् । उपसभामुख राना भ्रमण सम्पन्न गरेर साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।  उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित छन् ।