मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ७ बुधबार १o:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गोर्खा ब्रुअरी र पठाओको ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १o:५६:oo

नेपालमा जिम्मेवार मद्यपान (रेस्पोन्सिबल ड्रिंकिङ) र सुरक्षित गतिशीलता (सेफर मोबिलिटी) संस्कृति प्रवर्द्धन गर्न गोर्खा ब्रुअरी र राइड सेयरिङ प्लाटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ ।

यो पहल गोर्खा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (इएसजी)सम्बन्धी प्रतिबद्धताको हिस्सा हो, जसले दिगोपन अभियानअन्तर्गत शून्य गैरजिम्मेवार मद्यपान लक्ष्यलाई समर्थन गर्ने बताइएको छ ।

यस अभियानमार्फत सामाजिक जमघट, विशेषत: रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिलाई मद्यपानपछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिनेछ । यसले ‘ड्रिंक एन्ड ड्राइभ’विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

‘यो अभियान केवल सन्देश हैन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास हो । सामाजिक उत्तरदायित्वप्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो,’ गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर, रोजन अमात्यले भने । अभियानको पहिलो चरण काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ ।