मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ७ बुधबार o७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

७८ लाख घुस डिल प्रकरणमा अख्तियार पुगेर पूर्वमन्त्री गुप्ताले दिए ‘भ्वाइस टेस्ट’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार o७:५७:oo

७८ लाख घुस डिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्वर परीक्षण दिएका छन् । छानबिनको क्रममा आयोगले अडियोमा रहेको आवाज गुप्ताकै हो कि होइन भन्ने पुष्टि गर्न उनलाई मंगलबार बोलाएर भ्वाइस टेस्ट गरेको हो । यद्यपि, गुप्ताको स्वर भिड्यो वा भिडेन भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।

गत २८ पुसमै भएको घुस डिल डिलको अडियोसहितको उजुरी गत १० असारमा उजुरी परेपछि आयोगले अनुसन्धान थालेको हो । अडियो परीक्षणपछि छानबिनलाई गति दिने अख्तियारले जनाएको छ । गुप्तालाई घुस बुझाएको भनिएका सुजन लामाको पनि स्वर परीक्षण भइसकेको छ । अख्तियारले अनुसन्धान अधिकृत तोकेर छानबिन गरेको छ । 

अडियोबाहेक अख्तियारले छानबिनका क्रममा कास्की मालपोतबाट कागजात, विवादित पोखराको लिची बगैँचाको जग्गाको अवस्था पनि बुझिरहेको छ । सार्वजनिक विरोध र संसद्मा समेत चर्काे आवाज उठेपछि दबाबमा आएका गुप्ताले पदबाट राजीनामा गरेका थिए ।