मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
Invalid date format १८:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विद्युत् प्राधिकरणले गर्‍यो गण्डकीका उत्कृष्ट १० ग्राहकलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५४:oo

नेपाल विद्युत् प्राधिकरणले गण्डकी प्रदेशमा रहेका ग्राहकहरूमध्येबाट उत्कृष्ट १० जनालाई सम्मान गरेको छ। प्राधिकरणले अघिल्लो आर्थिक वर्षमा धेरै विद्युत् खपत गरी समयमै महसुल तिर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघसंस्थालाई सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा होंसी शिवम् सिमेन्ट प्रालि (कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र (पोखरा वितरण केन्द्र), गोर्खा ब्रिबरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजी सिमेन्ट, एनसेल प्राइभेट लिमिटेड (लेकनाथ वितरण केन्द्र), प्रफेक्ट ब्लेन्ड (नेपाल) प्राइभेट लिमिटेड (कावासोती वितरण केन्द्र), सिजी ब्रिबरी नेपाल लिमिटेड (कावासोती वितरण केन्द्र), जय श्री फुड प्रालि (कावासोती वितरण केन्द्र), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा वितरण केन्द्र) र मणिपाल कलेज अफ मेडिकल साइन्स (पोखरा वितरण केन्द्र) रहेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उनीहरूलाई सम्मान गरेका हुन। कार्यक्रममा उनले हाल समय-समयमा विद्युत् अवरुद्ध हुने समस्या प्राधिकरणको नभएर वितरण केन्द्रहरूमा भएको प्राविधिक समस्याका कारण हुने गरेको बताएका थिए।