मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण ६ मंगलबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : उम्मेदवारी दर्तामा विवाद, उम्मेदवारी  दर्ता स्थगित  

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार १४:o५:oo

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा १४ साउनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा फेरि विवाद उत्पन्न भएको छ। मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका  लागि उम्मेदवारी दर्ता कार्यतालिका थियो । निर्धारित समयमै अखिल क्रान्तिकारी उम्मेदवारी  दर्ताका  लागि निर्वाचन समितिमा पुग्दा नेविसंघले स्वतन्त्र विद्यार्थीले लगाएको ताला वार्ताभित्रै तोडिएको भन्दै वार्ताको माग अघि सारेको थियो । 

नेविसंघ नरेश पण्डित समूहले असहमतिबिच उम्मेदवारी दर्ता गर्न नहुने भन्दै अडान राखेको र अखिल क्रान्तिकारीले निर्वाचन समितिले तोकेअनुरूप उम्मेदवारी  दर्ताकोे माग अघि सारेका थिए । अखिल क्रान्तिकारीले उम्मेदवारी टुंगो लगाएर उम्मेदवारी दर्ताका  लागि निर्वाचन समिति पुग्दा नेविसंघले विवाद झिकेपछि असहज अवस्था सिर्जना भएको थियो । नेविसंघका नरेश पण्डितले निर्वाचन समितिमा लगाएको तालाबारे कुनै वार्ता नभएको हुँदा  समय माग गरेको बताए ।

अखिल क्रान्तिकारी नेता गणेश मिश्रले नेविसंघ नरेश पण्डितको समूहले चुनाव भाँड्नका लागि गैरविद्यार्थी ल्याएर अनेकन बखेडा झिकेर अखिल क्रान्तिकारीको गठबन्धनमाथि जाइलागेको बताए । विद्यार्थी संगठनबिच उम्मेदवारी दर्ताको विषयमा वादविवाद उत्पन्न भएपछि केहीबेरका लागि भन्दै सुचना  नै  जारी गरेर उम्मेदवारी दर्ता स्थगित गरिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको १६औँ वर्षसम्म स्वतन्त्र विद्यार्थीकोे चुनाव हुन नसकेको भन्दै विद्यार्थीले चुनाव भाँड्न नपाइने, चुनाव हुनुपर्ने माग अघि सारेका छन् ।  विद्यार्थीले गत वर्ष ०८१ चैतमा हुने निर्वाचन पनि भाँडिएको र अहिले ०८२ साउनमा हुने चुनाव विद्यार्थीविरोधी समूहले भाँड्न खोजेको भन्दै चुनाव हुनुपर्ने माग अघि सारेका छन् । अहिले पनि तीन स्वतन्त्र र १० विद्यार्थी संघसंगठन समूहले चुनावका लागि संगठन  दर्ता गराएका  थिए ।