मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
कञ्चनपुर प्रहरी गत आर्थिक बर्षका मुद्दा बारे जानकारी गराउँदै । 
मोहन विष्ट कञ्चनपुर
Invalid date format १९:२८:oo
Read Time : > 1 मिनेट
समाचार

लागुऔषध नियन्त्रणमा कञ्चनपुर प्रहरी निर्मम 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

समाजमा लागुऔषधजस्ता कुलत भयावह बनिरहेका वेला कञ्चनपुर प्रहरी निर्मम रूपमा उत्रिएको छ । प्रहरीले लागुऔषध ओसापसार, बेचबिखनदेखि सेवन तस्करीविरुद्ध निर्मम एक्सनमा उत्रिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा लागुऔषधमा मुद्दा दर्ता दर वृद्धि भइरहेको छ। आव ०७९/८० मा २ सय ९३ जनाविरुद्ध एक सय पाँच मुद्दा, ०८१/८२ मा दुई सय ८७ विरुद्ध एक सय ८१ र गत आर्थिक वर्ष ०८१/८२ मा दुई सय ६५ जनाविरुद्ध एक सय ७७ मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । 

तीन वर्षमा क्रमशः खैरो हेरोइन एक हजार ६७१.७७ ग्राम, चरेश एक सय १५.२१९ किलो, गाँजा ७८.६३ केजी, एम्पुल एक हजार ९५८ गोटा र ट्याप १६८ गोटा बरामद  गरेको होे । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले लागुऔषधविरुद्धमा एकातिर मुद्दा अर्कातिर सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । उनका अनुसार विद्यार्थीदेखि समुदायमा लागुऔषध निर्मुल गर्नका लागिसमेत कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै, कञ्चनपुर प्रहरी चोरी तस्करीविरुद्धमा समेत निर्मम एक्सन चलाएको छ । 
अधिल्लो वर्ष ०८०/८१ मा ६ करोड, ३७ लाख, ८५ हजार ५१९ रुपैयाँबराबरको अवैध समान नियन्त्रण गरेको प्रहरीले गत आर्थिक वर्ष ०८१/८२ मा सात करोड ३९ हजार ५४७ रुपैयाँबराबरको भन्सार चोरी छलीका अवैध समान बरामद गरेको छ । 

गत वर्ष ६ जनासहित ९७ सवारीसाधन बरामद गरिएका थिए। अवैध नदीखोला उत्खनन गर्ने ट्याक्टरबाट ११ लाख ८५ हजार, एक सय रुपैयाँबराबर जरिवाना गराएको र मपासे गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरेर एक लाख ७४ हजार जरिवाना असुलेको छ।

काठ तस्करी नियन्त्रणतर्फ पाँच सय पाँच क्युफिट काठ बरामद र आठजना पक्राउ, सात सवारीसाधन नियन्त्रणमा लिएर ११ लाख, ५५ हजार ६ सय ६० रुपैयाँबराबर जरिवाना असुलेको छ । 

सवारी दुर्घटना बढ्यो
जिल्लामा पछिल्लो समय सवारी दुर्घटना ह्वातै बढेको छ । पाँच सय २० सवारीसाधन दुर्घटनामा चार सय ८० मुद्दा फर्स्योट गरेको छ । गत आर्थिक वर्ष ०८१/८२ मा विभिन्न प्रकृतिमा नौ सय ६४ मुद्दा दर्ता भए पनि ६ सय २३ फर्स्योट गरिएको छ । ६५ प्रतिशत मुद्दा फर्स्योट गर्न सफल भएको छ । प्रहरीले परीक्षा ऐनदेखि हत्यासम्मका ३७ प्रकृतिका मुद्दा चलाएको थियो। 

यस्तै, साधारणतर्फ तीन हजार सात सय ४८ निवेदनमाथि छलफलका माध्यमबाट तीन हजार दुई सय ७७ मुद्दा फर्स्योट गरेको छ। कञ्चनपुर एसपी खत्रीले लागुऔषध सेवन, ओसारपसार, मादक पदार्थको सेवन, घरेलु हिंसा, सवारी दुर्घटना, चोरी तस्करी, मोबाइल चोरी, साइबर अपराध शान्ति सुरक्षामा चुनौती थपिदिएको बताए।