मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस पूर्वपदाधिकारीको निष्कर्ष–गठबन्धन आगामी निर्वाचनसम्मै, सरकारले सहमतिअनुसार काम गर्नुपर्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

नेपाली कांग्रेसको संस्थापन पक्षका पूर्वपदाधिकारीसहित सात नेताहरूकाे बैठकले सरकारले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने निष्कर्ष निकालेको छ।

चाक्सिबारीमा बसेकाे बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता कृष्ण सिटौलाले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै जाने उल्लेख गर्दै कांग्रेस–एमालेबिचको सहमतिअनुसार नै सरकारले काम गर्नुपर्ने बताए।

‘हाम्रो मान्यता के छ भने यो गठबन्धनको सरकार हो। नेपाली कांग्रेस र एमालेको गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ। र, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ,’ सिटौलाले भने। यही विश्वासको आधारमा सरकारले काम गर्नुपर्ने उनले प्रस्ट पारे।

गठबन्धनको सहमतिअनुसार संविधान कार्यान्वयनको समीक्षा र संशोधनको विषय अघि नबढेको भन्दै सिटौलाले यसमा काम गर्नुपर्ने बताए। उनले भने, ‘संविधान कार्यान्वयनको समीक्षा र संशोधन गर्ने भन्ने सरकारको नीति कार्यक्रममा छ, हाम्रो पार्टीले पनि निर्णय गरेको छ। सरकार बन्दा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच भएको समझदारीको यो महत्त्वपूर्ण बुँदा हो। यो कार्य अघि बढिरहेको छैन, यसलाई पनि अब अगाडि बढाउनुपर्छ।’