
सुनसरीको रामधुनी नगरपालिका– ७ स्थित बाँस झ्याङमा लुकाएर राखेको तीन सय केजी बेवारिसे गाँजा प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोस्ट पञ्चायनको टोलीले १० वटा प्लास्टिकको पोकामा लुकाएर राखेको उक्त गाँजा बिहीबार बरामद गरेको हो। उक्त गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी गरिरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।
त्यसअघि बिहीबार नै सुनसरीको देवानगन्ज गाउँपालिका– ७ स्थित सडककिनारबाट ४९ किलो गाँजा बरामद भएको थियो।
मोरङ प्रहरीले पनि बिहीबार राति १ बजेतिर धनपालथान गाउँपालिका– १ गदिया खोलाकिनारको खेतमा लुकाएर राखेको ३२३ किलो गाँजा बरामद गरेको छ।