मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format २१:११:oo
Read Time : < 1 मिनेट
समाचार

साढे सात किलो लागुऔषध गाँजासहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:११:oo

साढे सात किलो लागुऔषध गाँजासहित प्रहरीले बाराबाट एकजनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो करिब ३ बजे जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा चेकजाँचका क्रममा प्रहरीले ना५ख४८२२ नम्बरको बस तलासी लिँदा उक्त गाँजा बरामद गरेको हो।

नारायणघाटबाट मलंगवा जाँदै गरेको बसमा सवार सर्लाही विष्णु गाउँपालिका–३, मधुवनगोठका ५४ वर्षीय वीरेन्द्र चौधरीमाथि शंका लागेपछि खोजतलास गर्दा झोलाभित्र लुकाएर राखिएको ७ किलो ४७० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।