मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १८:११:oo
Read Time : < 1 मिनेट
समाचार

भिरबाट लडेर एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १८:११:oo

बाजुराको गौमुल गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा  नम्बर ३  कटीगाउँका अन्दाजी ४० वर्षीय वीरेन्द्र बोहरा रहेका छन्।

गाउँनजिकैको मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको स्थानीय देवेन्द्र धामीले बताएका छन्। धाँमीका अनुसार बोहरा आज बिहान घरनजिकैको बागेडोरा भन्ने जंगलमा घाँस काट्न गएका थिए। लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनी मृत अवस्थामा फेला परेका हुन्। अन्दाजी ४० वर्षीय बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुन सक्ने स्थानीयको अनुमान छ। 

घटनाको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन्। मृतक बोहराका श्रीमती, दुई छोरा र एक छोरी छन्।