मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ३१ मंगलबार १२:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आज नेपाल श्रीलंकासँग खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १२:२६:oo

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाल आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार व्यहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार व्यहोरेको थियो ।

यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको एड्भान्टेज पाइसकेको छ । अब गोलअन्तरमा आफूलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ ।

प्रतियोगितामा बंगलादेश दुई खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान तीन अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।