मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बाढीबाट उद्धार गरेर केरुङमा राखिएका नेपालीलाई स्वदेश ल्याउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:२१:oo

भोटेकोशीको सहायक नदी ल्हेन्देको बाढीबाट उद्धार गरी चीनको केरुङमा राखिएका ११७ नेपालीलाई स्वदेश ल्याउने तयारी गरिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गत मंगलबार नेपाल–चीन सीमामा चीनतर्फ रहेका विपतबाट प्रभावित ११७ जना नेपालीलाई सिन्धुपाल्चोकको ताताेपानी नाका भएर ल्याउने तयारी छ।

‘नेपाल ल्याउन गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पत्राचार भएको थियो, परराष्ट्रले कूटनीतिक पहल गरेर ल्हासास्थित महावाणिज्य दूतावासले काम गरिरहेको छ, फर्किने व्यक्तिको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘अब चाँडै चिनियाँ पक्षले तातोपानीसम्म ल्याउनेछ।’ 

बाढीबाट उद्धार गरिएका सयजनाबाहेक रोजगारी, पर्यटन र व्यवसायको सिलसिलामा केरुङमा रहेका र नेपाल फर्किन चाहने अन्य नागरिकलाई समेत स्वदेश ल्याइने उनले बताए।

ल्हासामा १२ सय नेपाली रहे पनि समस्यामा परेकाहरू मात्र आउनेछन्। उद्धार गरी केरुङमा राखिएका नेपालीलाई चिनियाँ पक्षबाट खान, बस्न, औषधि उपचार प्रबन्ध मिलाइएको प्रजिअ पौडेलले बताए। बाढीमा नेपालतर्फ फसेका चिनियाँ नागरिकलाई नेपाल सरकारले यसअघि नै  उद्धार गरी काठमाडौंस्थित दूतावास पुर्‍याएको थियो।