मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format २१:५१:oo
Read Time : < 1 मिनेट
समाचार

जंगली च्याउ खाएर दोधाराचाँदनीमा एकै परिवारका पाँचजना बिरामी 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format २१:५१:oo

जंगली च्याउ खाएर कञ्चनपुरको दोधाराचाँदनी नगरका एकै परिवारमा पाँचजना बिरामी भएका छन् । सोमबार भारतीय नंग्रा जंगलबाट ल्याएको विषालु च्याउकोे तरकारी खाएर दोधाराचाँदनी नगरपालिका–६, कालागड टोलका कालु सुनारका परिवारका पाँचजना बिरामी भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर सुनारले जंगली विषालु च्याउ तरकारीका रूपमा खाएर कालु सुनारसहित सुनारको नातिनीद्वय ८ वर्षीया मन्सु सुनार,  १८ वर्षीया निशा सुनार, नातिद्वय १६ वर्षीय भीम सुनार अर्का नाति १२ वर्षीय वसन्त सुनार बिरामी भएकी हुन्।

पाँचैजनाको दोधाराचाँदनी नगर अस्पतालमा उपचार भइरहेको छ। कञ्चनपुर प्रहरीले जथाभावी जंगली च्याउ उपभोग नगर्न आग्रह गरेको छ।