मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
२o८२ असार ३० सोमबार २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार

पालिकाको स्कर्पियो १० महिनादेखि ग्यारेजमा, मासिक ८५ हजार भाडा तिरेर निजी गाडी चढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार २o:५२:oo

१८ असोजमा बढैयाताल गाउँपालिकाको स्कर्पियो जिप गुलरिया–नेपालगन्ज सडक खण्डको भोलागौडी चोकमा दुर्घटना भएपछि मर्मतका लागि करिब १० महिनादेखि ग्यारेजमा थन्किएको छ ।

पालिकाको भे१झ २६४ नम्बरको स्कर्पियो दुर्घटना भएलगत्तै नेपालगन्जमा लगिएको थियो । चालकले रक्सी खाएर गाडी चलाएपछि दुर्घटना भएको थियो । जसका कारण बिमा कम्पनीले मर्मतका लागि भुक्तानी गर्नसमेत मानेको छैन। गाडी मर्मतका लागि पैसा कसले दिने भन्ने अन्योलका कारण स्कर्पियो ग्यारेजमै थन्किएको हो। 

कार्यपालिकाका सदस्यहरूले दुर्घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेपछि कार्यपालिकाको बैठकले २० असोजमा वडा नम्बर ५ का अध्यक्ष तुलाराम चौधरीको संयोजकत्वमा वडा नम्बर ६ का अध्यक्ष शुक्रराज सापकोटा र कार्यपालिका सदस्य चन्द्रकला विक सदस्य रहने गरी छनबिन समिति गठन भएको थियो। 

सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन थियो। तर, समितिका संयोजक चौधरीले कार्यादेश नपाएको भन्दै २ कात्तिकमा राजीनामा दिएका थिए। 
अहिले जनप्रतिनिधिहरू नै स्कर्पियो दुर्घटनाको विषयमा चुपचाप छन् । पालिकाले भे१च ३६२० नम्बरको निजी स्कर्पियो भाडामा लिएर मासिक ८५ हजार रुपैयाँ तिरिरहेको छ।

२० माघदेखि स्कर्पियो भाडामा लिएको स्टोर किपर रमेश डाँगीले बताए। उनले भने, ‘स्कर्पियो मर्मत गर्नका लागि बिमा कम्पनीले भुक्तानी दिन मानेको छैन। पालिकामा गाडी नभएकोले असार मसान्तसम्मका लागि गाडी भाडामा लिएको छ।’