मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘भूमिहीनका लागि सिन्को नभाँचेको सरकारले बिचौलियासँग लाखौँको डिल गरिरहेको छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भूमिहीनका लागि ‘सिन्को नभाँचेको’ टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कार्यकालमा पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गाधानी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको उल्लेख गर्दै यो सरकारले काम नगरेको बताएका हुन्। 

‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गाधानी प्रमाणपत्र दिने गरी गृहकार्य अघि बढाएको थियो। तर, दुईतिहाइको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी परिवर्तन गर्नुबाहेक सिन्कोसमेत भाँचेको मैले थाहा पाएको छैन,’ उनले भने।

भूमिहीनलाई जग्गाको स्वामित्व दिलाउन काम गर्नुपर्ने सरकारले भूमि आयोगका पदाधिकारी चयन गर्न बिचौलियासँग लाखौँको डिल गरिरहेको प्रचण्डले उल्लेख गरे।

उनले भने, ‘भूमिहीनलाई जग्गाको स्वामित्वका लागि सघन प्रयास गर्नुपर्नेमा सरकारका मन्त्रीहरू सरुवा तथा भूमिहीनका लागि स्थापना भएको आयोगका पदाधिकारी चयन गर्नसमेत बिचौलियासँग लाखौँको डिल गरिरहेका समाचारहरू सर्वत्र आएका छन्।’