१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२६:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगरपालिकाका कर्मचारीविरुद्ध बलात्कार मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

काठमाडौं महानगरपालिकाका एक कर्मचारीविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ। महानगरपालिकाको वातावरण विभागमा कार्यरत ५३ वर्षीय सरोज पुजारीविरुद्ध शुक्रबार मुद्दा दायर भएको हो। 

वातावरण विभागमा जागिर माग्न गएकी एक किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको अभियोग उनीमाथि छ। गत २१ जेठमा जागिरमा लगाउने आश्वासन दिई बालाजुको सुकुल होटेल एन्ड रेस्टुरेन्टमा लगेर बलात्कार गरेको पीडितको जाहेरी छ। प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरी अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो। अदालतबाट थुनछेक आदेश भइनसकेको बालाजु वृत्तका डिएसपी ज्ञानबहादुर बिष्टले बताए।