१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार १९:५६:oo
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार १९:५६:oo

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पाल्हिनन्दन गाउँपालिका–१, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका–४, पाँचपेडानिवासी २० वर्षीय भोला राजभर र रामग्राम नगरपालिका–१५ डिगवलनिवासी २९ वर्षीय राहुल राजको मृत्यु भएको हो । 

महेशपुर भुजहवाभित्री सडक खण्डको मोडमा भुजहवाबाट महेशपुरतर्फ आउँदै गरेको लु२ख ६५४ नम्बरको बससँग सोही दिशातर्फबाट आउँदै गरेको लु४७प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकल बसमा ठोक्किएको थियो । 

दुर्घटनामा मोटरसाइकलचालक र मोटरसाइकलमा सवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी वीरदत्त पन्तले बताए । 

दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल परासीमा लगिएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । बस र बसचालक प्रहरी नियन्त्रणमा रहेका छन् ।