१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २१ शनिबार १३:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल लगातार च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार १३:o७:oo

नेपालले एसीसी यू १६ इस्ट जोन कपको उपाधि  जितेको छ। शनिबार मलेसियामा भएको फाइनलमा सिंगापुरलाई दुई  विकेटले हराउँदै नेपालले  लगातार उपाधि जितेको हो । यस अघि नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा सबै विकेटगुमाउँदैए एक सय १४ रनको लक्ष्य प्रस्तुत गर्यो । विपिन शर्माको कप्तानीमा रहेको  नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित निकालेको हो।नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले। सिवन्स बजगाईले २० रन बनाए । यसअघि सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए। उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए। रिहान नाइकले १५ रन बनाए।

अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए। त्यस्तै सुशिल बहादुर रावलले पनि तीन विकेट लिए। शुभम खनालले दुई  तथा कप्तान बिपिन प्रसाद शर्माले एक विकेट लिएका थिए।