१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १९ बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास कोषलाई एसबिआईको १० लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार ११:४५:oo

नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तीर्थयात्री र आगन्तुकलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ ।

कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि), राममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्यसचिव, सानुराजा शाक्यलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष जयती बंशल, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नेपाल एसबिआई बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, गोपालप्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, बैंकका प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय–समयमा यस्ता गतिविधि गर्दै आइरहेको छ ।