१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १९ बिहीबार ११:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद

मलेसियामाथि सानदार जितसँगै नेपाल फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार ११:४o:oo

एसिसी पुरुष यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले मलेसियालाई नाै विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै एक विकेटको क्षतिमा पूरा गरेको हो । 
सुरुमा ब्याटिङ गरेको  मलेसिया ४३.१ ओभरमै अलआउट भएको हो। नेपालका लागि अभय यादवले चार र शुभम खनालले तीन विकेट लिएका थिए। 

ब्याटिङतर्फ नेपालका लागि परिमर्जन यादवले ३५ बलमा ५९ बलको आक्रामक इनिङ खेलेपछि नेपालले सहजै जित निकालेको हो। 

नेपाल समूह ‘ए’को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’मा नेपालले चारै खेलमा उत्कृष्ट नतिजा निकाली अन्तिम चारको स्थान पक्का गरेको थियो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानमाथि सानदार जित निकालेको थियो । सेमिफाइनमा पनि उत्कृष्ट नजिता निकालेको छ। 

आजै अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता सिंगापुरबिच खेल हुनेछ । सो खेलमा विजेतासँग नेपालले फाइनल खेल्नेछ । 

सन् २०२३ को संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको थियो ।