१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असारे विकास : वर्षातका वेला कालोपत्रे, सडक बचाउन पोलिथिनको सहारा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

चालू आर्थिक वर्ष सकिन दुई साता बाँकी छ। आकाशबाट वर्षा निरन्तर भइरहेको छ, यही वर्षातमा असारे विकासको चटारो कञ्चनपुरमा पनि चलिरहेको छ। स्थानीय, प्रदेश सरकार मात्रै होइन, संघीय सरकार पनि असारे विकासको साक्षी भएको छ। केन्द्रीय सरकारमातहत रहेको संघीय सहरी विकास तथा भवन  निर्माण इकाइ धनगढीमार्फत सञ्चालित कञ्चनपुरका सडक योजना अन्तिम चरणमा कार्यान्वयन भइरहेका छन् । संघीय सहरी विकास तथा भवन  निर्माण इकाइ धनगढीमार्फत सञ्चालनमा रहेका योजनामा विचित्रका दृश्य देखिन थालेका छन् । 

बेदकोट– ८, भाँसीपुलदेखि टकुलिया खोलासम्म निर्माण भइरहेको कालोपत्रे सडकमा स्थानीयले गुणस्तहीन भएको भन्दै आन्दोलन गरेका थिए । बेदकोट– १० मा कालोपत्रे भएको सडकमा ग्राभेल फालिएको भन्दै स्थानीयले प्रश्न गरेका थिए । भीमदत्त नगरपालिका– १८, महेन्द्रनगर कटानमा निर्माण भइरहेको कालोपत्रे सडकको म्याद सकिन एक दिन बाँकी छ । तर, निर्माण कार्य पूरा भएको छैन।

निर्माण गरेकोे सडक बचाउन ठेकेदारलाई हम्मेहम्मे भएको छ। एकातिर वर्षा भइरहेको छ, पानीले सडक भत्किने भएपछि त्रिपालको साहरा लिइएको छ। कालोपत्रे गरिएको केही सडकको भागमा त्रिपाल बिछ्याइएको छ। २० असार ०८२ मा सडक कालोपत्रे  गरिसक्नुपर्ने भए पनि सडक निर्माण अधुरै छ। 

दोगडा शक्ति निर्माण सेवाले २७ माघ ०८१ मा सहरी विकास भवन निर्माण कार्यालयसँग ६५ लाख ११ हजार ९२३ रुपैयाँमा सम्झौता गरेको थियो।स्थानीयहरुले भने यो के खालको विकास हो भन्दै प्रश्न गरिरहेका छन् । महेन्द्रनगरका स्थानीय रमेश भट्टले वर्षातका वेला गरिने विकास बजेट दोहन भएको बताए। ‘यो आर्थिक वर्ष सकिन दुई साता छन्, खाता बन्द हुन एक साता मात्रै छ,’ उनले भने, ‘वर्षाले सडक निर्माणमा समस्या निम्त्याइरहेको छ, हरेक वर्ष असार लागेपछि विकास गर्ने बजेट सक्ने प्रवृत्ति छ, कर्मचारीदेखि नेतासम्म कमाउन असार विकास प्रवृत्ति हट्न नसक्दा जनतामा मारमा छन् ।’