१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
२o८२ असार १९ बिहीबार १o:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी र सुदूरपश्चिमको बजेट सर्वसम्मत पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार १o:४१:oo

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकले आगामी आवको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट पारित गरेको हो । 

सोही बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गरेपछि उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए । पारित बजेटमध्ये चालूतर्फ १२ अर्ब एक करोड ४७ लाख र पुँजीगततर्फ २३ अर्ब  हजार अर्थात् ८ दशमलव ८) प्रतिशत विनियोजन गरिएको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रदेश सभाबाट पारित भएको छ । बजेटमाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बजेटलाई निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदले समर्थन जनाए भने प्रतिपक्षी मौन बसेका थिए ।

तीन दिनसम्म चलेको बजेटमाथिको छलफलमा प्रतिपक्षीभन्दा सत्तापक्षका सांसद आक्रामक देखिएका थिए । बजेटमा बिचौलिया हाबी भएका र आर्थिक लेनदेनका आधारमा योजना राखिएका भन्दै सत्ता र प्रतिपक्षीका सांसदले संसदीय छानबिन समितिनै गठन गर्न माग गरेका थिए ।

बुधबारको छलफलमा भाग लिँदै सत्तारूढ एमालेका सांसद धर्मराज पाठकले बजेटका नाममा कमाउधन्दा चलिरहेको आरोप  लगाए ।