
एसिसी पुरुष यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले ९१ रनको लक्ष्य पाएको छ। घरेलु टोली मलेसियालाई नेपालले ९० रनमै अलआउट गर्यो ।
मलेसिया ४३.१ ओभरमै अलआउट भएको हो। नेपालका लागि अभय यादवले चार र शुभम खनालले तीन विकेट लिए।
नेपाल समूह ‘ए’को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’मा नेपालले चारै खेलमा उत्कृष्ट नतिजा निकाली अन्तिम चारको स्थान पक्का गरेको थियो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानमाथि सानदार जित निकालेको थियो ।
आजै अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता सिंगापुरबिच खेल हुनेछ । सन् २०२३ को संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको थियो ।