
समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका छन् । प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो ।
उनको मुद्दाको थुनछेक ३१ नम्बर इजलासले हेर्ने भएको छ। जसमा न्यायाधीश खेमराज भट्ट छन्। आजै बयानपछि उनको थुनछेक आदेश आउने सम्भावना छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको परिवारको सम्पत्ति र लगानीको विषयमा झुटो समाचार सम्प्रेषण गरेको आधारमा उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाइएको हो । समाचारकै आधारमा फरक उद्देश्यको कानुन दुरुपयोग गरी मुद्दा चलाइएकोमा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका छन्।