१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै बोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२१:oo

भारतको अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । कम्पनीले धेरै प्रशंसा पाएको ‘निर्भाना’ सिरिजको नेपालमा आधिकारिक सार्वजनिक गर्दै आफ्नो उपस्थितिलाई औपचारिक बनाएको हो । यद्यपि, बोटले नेपालमा पहिले नै उपस्थिति बनाइसकेको छ ।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सिलेसन)युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लाटफर्ममा उपलब्ध हुनेछ । नेपालमा बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालिले वितरण गर्दै आएको छ । टेलिटक रमेश कर्पअन्तर्गतको कम्पनी हो । 

बोटका सहसंस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले कम्पनीका लागि नेपाल सधैँ विशेष स्थान रहँदै आएको बताए । ‘नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौँ,’ उनले भने । टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले औपचारिक घोषणासँगै बोटले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको बताए ।