
कुमारी बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । फोनपे पेमेन्ट सर्भिससँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहजै प्रयोग गर्न सकिनेछ ।
फोनपेको क्युआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म विनाब्याज उपभोग गर्न सक्नेछन् ।
साथै, सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले देशभरका तीन सय दुई शाखा, तीन सय १८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।