१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रामहरि खतिवडा र पदम गिरीबिच बहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२९:oo

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र एमाले सांसद पदम गिरीबिच बुधबारको बैठकमा बहस चल्याे ।

बैठकमा एमाले सांसद गिरीले संघीय निजामती सेवा विधेयकमा उल्लेख भएको दुईवर्षे ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा भएको जालझेलकाे छानबिनका लागि सभापति खतिवडाले मार्गप्रशस्त गर्नुपर्ने माग राखेका थिए ।

खतिवडाले आफू संलग्न नरहेको, तर आफ्नो निष्ठा र प्रतिष्ठामाथि आँच आएको र आफूले राजीनामा नदिने धारणा राखेका थिए । त्यसपछि सांसद गिरीले जालझेल गरेको कसले हाे भनेर प्रश्न गरेका थिए ।

‘बैठकमा क्लियर भएन । छलफलबाट भएको सहमतिलाई प्रतिवेदनमा उल्लेख गर्ने कुरामा कहाँबाट कसले म्यानुपुलेट गर्‍यो र तपाईंले राख्न खोज्दा कसले तानेर निकाल्यो त्यो कुरा भन्दिनुपर्‍यो,’ गिरीले भने । खतिवडाले यो छानबिन गर्न आफूले सभामुखलाई भनेको र सबै भनिसकेपछि बुझ नपचाउन गिरीलाई भनेका थिए । 

गिरीलाई साथ दिँदै हितराज पाण्डेले भनेका थिए, ‘यहाँ तपाईंले मैले थाहा पाएको थिइनँ, हेर्न पाएको छैन भन्ने ढाँट कुरा नगरौँ । बरु सही–सही कुरा गरेर गल्ती यहाँ भयो भन्ने कुरा गरौँ । छानबिन हुनैपर्छ । दफा मिलाउने भन्ने थाहा छैन भन्ने कुरा पाइँदैन । म यो कुरा मान्दिनँ ।’