
डोको रिसाइक्लर्स प्रालि, हिम इलेक्ट्रोनिक्स प्रालि र प्राक्टिकल एक्सन नेपालबिच इपिआर सम्झौतामा हस्ताक्षर भएको छ । नेपालमा पहिलोपटक प्रयोगपछि फालिने विद्युतीय खाना पकाउने उपकरणको व्यवस्थापनका लागि स्वैच्छिक विस्तारित उत्पादक जिम्मेवारी (इपिआर) सम्झौता भएको हो ।
यो नेपाली घरपरिवारमा विद्युतीय प्रेसर कुकरको उपयोग वृद्धि (इपिसी) परियोजनाअन्तर्गत मोडर्न इनर्जी कुकिङ सर्भिस (मेक्स) कार्यक्रमद्वारा समर्थित र प्रवद्र्धित कार्यक्रम हो भने युके एडको वित्तीय सहयोग रहने आठ वर्षीय अनुसन्धान कार्यक्रमसमेत हो ।
डोको रिसाइक्लर्सले सुरक्षित रूपमा पुन: प्रयोग र रिसाइकलको व्यवस्था गर्नेछ । सहसंस्थापक राघवेन्द्र महतोले भने, ‘यो पहलका लागि एक प्रारम्भिक पाइला हो र भविष्यमा हामी हिम इलेक्ट्रोनिक्सजस्ता अन्य व्यवसायलाई पनि संलग्न गराउने लक्ष्य राख्छौँ ।’ यस सम्झौतालाई नेपालको जिम्मेवार ई–वेस्ट व्यवस्थापनमा एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
डोको रि–साइक्लर्सले पुन: प्रयोग र रि–साइकल व्यवस्था गर्नेछ । प्राक्टिकल एक्सन नेपालले समन्वय, जनचेतना र अनुगमनमा सहयोग गर्नेछ । यसका सहसंस्थापक राघवेन्द्र महतोले भने, ‘इपिआर पहलका लागि पहिलो कदम हो ।’ त्यस्तै प्राक्टिकल एक्सन नेपालले समन्वय, जनचेतना र अनुगमनमा सहयोग गर्नेछ । यस सम्झौतालाई ई–वेस्ट व्यवस्थापनमा एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।