१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १५ आइतबार १८:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ममिला पौडेलको ‘लाखौँ चोट’ बोलको गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १८:oo:oo

गीतकार ममिला पौडेल आस्थाको ‘लाखौँ चोट' बोलको गीत सार्वजनिक भएको छ। असार ९ गते आस्थाको जन्मदिनको अवसर पारेर राजधानीमा उक्त गीत सार्वजनिक गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथिमा गीतकार तथा मुक्तककार रमेश पौडेल थिए। कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ विशिष्ट अतिथि थिए भने संगीतकार तथा गायक शिवराज गौतम र नारायण लामा आगन्तुक पाहुना थिए।
 
प्रमुख अतिथि पौडेलले ममिलाका शब्दले अभिव्यक्त गर्ने भाव र भिडियोबिच सुरम्य तालमेल मिलेको बताउँदै शिवराज गौतमले यो म्युजिक भिडियोमा निकै न्याय गरेको बताए। 

कार्यक्रममा भिडियो निर्देशक शिवराज गौतमले भावुक हुँदै यो म्युजिक भिडियो तयार गर्दाका अनुभूति साझा गरेका थिए। सारिका घिमिरे र शिवराज गौतमको स्वर रहेको गीतमा रोजन सुन्दास, सुरज सुर्खेतीलगायतले मोडलिङ गरेका छन्।