१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १५ आइतबार १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई गौशालामा लुट्ने पाँचजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १८:o१:oo

वैदेशिक रोजगारीबाट फर्किएका युवकलाई लुटपाट गर्ने पाँचजना पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाले दक्षिणकालीका ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकका ४० वर्षीय विपिन लामा, महोत्तरीका ३८ वर्षीय विनोद मगर, रामेछापका ३० वर्षीय राजु तामाङ र रामेछापका ३० वर्षीय राजकुमार माझी रहेका छन्। 

उनीहरूले शुक्रबार साँझ काठमाडौं महानगरपालिका–९, गाैशाला रुन्चेडाँडास्थित सडकमा वैदेशिक रोजगारीबाट फर्किएका एक युवकलाई धम्क्याएर ४५ हजार लुटेका हुन्। आधा घण्टामै गौशाला वृत्तको प्रहरीले उनीहरूलाई पक्राउ गरेको एसपी अपिलराज बोहराले बताए। दुबईबाट सोही दिन फर्किएका युवालाई उनीहरूले लुटपाट गरेका हुन्।