१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यी एजेन्डा तय गरेको हो।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा गठबन्धन सरकारको कामकारबाही, भ्रातृ संस्थाहरूको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरणलगायतका विषयमा छलफल हुनेछ।

केन्द्र र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ-आफ्नो क्षेत्रको कामकारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनेछन्। गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता महतले बताए।

तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिइनेछ। महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे जानकारी गराउनेछन्।

प्रवक्ता महतका अनुसार यो बैठकले नेपाली कांग्रेसको आगामी रणनीति र संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। गठबन्धन सरकारको कार्यप्रगति र भ्रातृ संस्थाहरूको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।