१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १५ आइतबार १७:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ऐतिहासिक सयौँ खेलमा रेनुका कप्तान, अञ्जना, सरस्वती र निशालाई मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १७:३४:oo

ऐतिहासिक सयौँ खेलका लागि प्रशिक्षक प्याट्रिक डी विल्डेले लाओसविरुद्ध आफ्नो पहिलो एघार सार्वजनिक गरेका छन्।

उज्वेकिस्तानको तास्केन्तमा नेपालले अहिले सवा ६ बजे लाओससँग खेल्दै छ। यो खेल नेपाली महिला फुटबलको सयौँ नम्बरको खेल हो। नेपाल पहिलोपटक लाओससँग खेल्दै गर्दा प्रशिक्षक प्याट्रिकको पनि यो पहिलो खेल हो।

उनले आफ्नो पहिलो खेलमा कप्तान रेनुका नगरकोटेलाई जिम्मेवारी दिएका छन्। यसअघि गोलकिपर अञ्जिला तुम्बापो सुब्बा कप्तानी थिइन्। कमजोर लाओसविरुद्ध उनलाई विश्राम दिइएको छ। अञ्जिलाको स्थानमा दोस्रो रोजाइकी गोलकिपर अञ्जना रानामगरलाई अवसर दिइएका हो।

त्यस्तै, डिफेन्समा निशा थोकर र मिडफिल्डर सरस्वती हमाललाई अवसर दिइएको छ। डिफेन्डर अमृता जैसी र पूजा राना तथा मिडफिल्डर प्रीति राई र फरवार्ड रेखा पौडेललाई पनि विश्राम दिइएको छ।

नेपालको डिफेन्डरमा निशासहित गीता राना र समीक्षा घिमिरे छन्। डिफेन्सिभ मिडफिल्डरमा सरु लिम्बू र सरस्वती छन् भने अट्याकिङ मिडफिल्डरमा रेनुका नगरकोटेसहित अनिता बस्नेत र सविता रानामगरले मौका पाए। फरवार्डमा सावित्रा भण्डारीलाई रश्मीकुमारी घिसिङले साथ दिनेछिन्।

एएफसी एसियन कप छनोट २०२५ को समूह ‘एफ’मा नेपाल र लाओससँगै उज्वेकिस्तान र श्रीलंका छन्। समूहको शीर्ष एक टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल तेस्रोपटक एसिया कपमा स्थान बनाउने योजनामा छ।