१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार २१:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद

एपिएफलाई महिला राष्ट्रिय ह्यान्डबलको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार २१:५८:oo

सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको उपाधि हात पारेको छ।

गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन, बुल्समेन क्लबको सह–प्रायोजन र कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा विभागीय डर्बीमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १७–३१ को गोलअन्तरले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो। बिहीबारदेखि सुरु प्रतियोगिताअन्तर्गत एपिएफ समूह ए र आर्मी समूह बीको समूह विजेता हो।

तेस्रो स्थानका लागि भएको खेलमा कोशी प्रदेशले आयोजक गण्डकी प्रदेशलाई ११–५ ले पराजित गरेको थियो। लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सेमिफाइनको खेलमा एपिएफले समूह बीको उपविजेता कोशीलाई २३–२ र आर्मीले समूह एको उपविजेता गण्डकीलाई २१–१२ ले पराजित गर्दै उपाधिका लागि एपिएफसँगको भेट पक्का गरेको थियो। 

प्रतियोगितामा आर्मीकी दुर्गा बोहोरा सर्वोत्कृष्ट खेलाडी, एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका सुशील अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। ६ प्रदेश र दुई विभागीय गरी आठ टोली सहभागी प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार, तेस्रोले ३० र चौथो हुने टोलीले २० हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।