१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १४ शनिबार १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पट्टा भाँचिएर बस पल्टिँदा आठ जना घाइत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १४:५५:oo

सिन्धुपाल्चोककाे पाँचपाेखरी थांपाल गाउँपालिकाकाे भाेताङबाट मेलम्ची जाँदै गरेकाे यात्रुबाहक बस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। शनिबार  दिउँसो १ बजे मेलम्ची नगरपालिका–१० स्थित मेलम्ची–भोताङ सडकखण्डमा ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको  बस दुर्घटनामा परेकाे हाे।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत माधवराज खरेलले दिएको जानकारीअनुसार अगाडिको पट्टा भाँचिएर अनियन्त्रित भई सडकबाट इन्द्रावती नदी बगरमा बस पल्टिएर दुर्घटना भएको  हाे।

दुर्घटनापछि घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी मेलम्ची नगर अस्पतालमा उपचारका लागि लगिएको खरेलले बताए। घाइते सबैको अवस्था मध्यम छ। उनीहरू सबै बाेल्न सक्छन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली गएर उद्धार गरेकाे छ।

घाइतेहरु
• महेश्वर ढकाल (२७) – चालक, मण्डनदेउपुर–६, काभ्रे
• अनिल भण्डारी (१९) – पाँचपोखरी थाङपाल–६
• सुस्मिता ज्योती (१७) – हेलम्बु–२
• पेमा लामा (१९) – पाँचपोखरी थाङपाल–६
• लोर्की तामाङ (३०) – पाँचपोखरी थाङपाल–६
• रामचन्द्र पौडेल (३२) – थाङपालधाप, पाँचपोखरी थाङपाल–६
• तारा देवी श्रेष्ठ (६०) – पाँचपोखरी थाङपाल–५
• राज खड्का (२४) – सहचालक, तामाकोसी–८, दोलखा