१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका जेरुसेलम
२o८२ असार ८ आइतबार १४:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जेरुसेलम
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १४:o४:oo

अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि मध्यइजरायलमा कम्तीमा १६ जना घाइते भएका र कम्तीमा एक ठाउँमा प्रहार भएको उद्धार सेवा र रिपोर्टहरूले बताएका छन् ।

इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) उद्धार सेवाले एक विज्ञप्तिमा भनेको छ, ‘१६ जनालाई अस्पतालमा लगिएको छ, जसमा एक ३० वर्षीय व्यक्ति गोलीको छर्राले शरीरको माथिल्लो भागमा घाइते भएपछि मध्यम अवस्थामा रहेका छन् ।’

बिहान ७ः३० बजे (०४३० जिएमटी) इजरायलमा मिसाइलको दुई लहरका मिसाइल प्रहार भएपछि सार्वजनिक प्रसारणकर्ता क्यान ११ ले मध्य इजरायलमा रहेको भग्नावशेषको ढिस्कोले घेरिएको भवनको तस्बिर देखाएको छ । 

इजरायली सेनाले आउने मिसाइलहरूको सूचना दिएपछि देशभरि साइरन बजेको थियो । त्यसको केही समयपछि हवाई सुरक्षा सक्रिय भयो, जसले गर्दा तेलअभिभ र जेरुसेलममा चर्को विस्फोटको आवाज सुनियो ।

इजरायली प्रहरीले हाइफा बन्दरगाहवरपरको उत्तरी क्षेत्रमा ‘हतियारका टुक्राहरू खसेको’ रिपोर्ट गरेको छ । त्यहाँ स्थानीय अधिकारीहरूले आपतकालीन सेवाहरू ‘दुर्घटनास्थल’तिर जाँदै गरेको बताएका छन् ।

मिसाइल आक्रमणबारे रिपोर्ट गर्नु इजरायलमा कडा सैन्य सेन्सरसिप नियमहरूको अधीनमा छ, तर आधिकारिक तथ्यांकअनुसार जुन १३ मा इरानसँग युद्ध सुरु भएदेखि कम्तीमा ५० प्रहार राष्ट्रव्यापी रूपमा आधिकारिक रूपमा स्वीकार गरिएको छ र २५ जना मारिएका छन् । तटीय केन्द्र तेलअभिभ, दक्षिणी सहर बेयरसेबा र उत्तरी बन्दरगाह हाइफा इरानद्वारा सबैभन्दा बारम्बार लक्षित गरिने तीन क्षेत्रहरू छन् ।

इजरायली सेनाका पछिल्लो तथ्यांकअनुसार इजरायलको परिष्कृत वायु रक्षाले करिब एक हजार ड्रोनसँगै ४५० भन्दा बढी मिसाइल रोकेको छ । रासस

छुटाउनुभयो की ?