१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार १o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा सुत्केरी मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १o:१८:oo

गौरीगंगा नगरपालिका– ७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन्। स्थानीय  १९ वर्षीया तुलसी नाथ घरनजिकै मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुुलेको बताए। नाथ घरको मूल द्वारअगाडिको नालामा मृत भेटिएकी हुन्। उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।