
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दालाई त्यहाँबाट निस्कन आग्रह गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनको चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गरेका हुन् । ‘सबैले तुरुन्त तेहरान छोड्नुपर्छ !’ ट्रम्पले क्यानडामा भएको जी–७ को शिखर सम्मेलनका क्रममा आफ्नो ट्रुथ सोसल खातामा लेखेका छन् ।
ट्रम्पले विस्तृत विवरण भने दिएनन् । इरानी राजधानीमा लगभग एक करोड मानिस बस्छन् । इजरायलले इरानमा आक्रमणहरू बढाएको वेला यो चेतावनी आएको छ । इजरायलले धर्मगुरुद्वारा सञ्चालित इरानको विवादित आणविक कार्यलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ ।
इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दालाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । यो गाजामा यसको रणनीतिको प्रतिध्वनि हो । इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि अधिकांश प्यालेस्टिनी जनसंख्यालाई विस्थापित गरेको छ । रासस/एएफपी