१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
Invalid date format o९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरआसपासका क्षेत्रमा भारी वर्षा, दाउन्ने र दुम्कीबासमा बाटो अवरुद्ध

नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५३:oo

आज बिहान परेको भारी वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको दुम्कीबास र दाउन्नेमा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्ने र दुम्कीबासमा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । 

नवलपुरआसपासको क्षेत्रमा आज बिहान ४ बजेतिर भारी वर्षा भएको थियो ।दुम्कीबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन पुरिएको छ भने दाउन्नेको पूर्वी खण्डमा बाटो चिप्लो र हिलो भएर सवारीसाधन उक्लन सकेको छैन जसले गर्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । 

प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाए पनि आज दिनभर बाटो खुल्ने सम्भावना कम रहेको छ। यता जल तथा मौसम विज्ञान विभागले बिहान सूचना जारी गरी नवलपुरको डण्डा, कावासोतीआसपासको क्षेत्रमा भारी वर्षा भएको र अझै वर्षा हुने सम्भावना रहेको भन्दै नदीआसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

त्यसैगरी, वर्षाका कारण नवलपुरको कावासोतीको ठाउँठाउँमा विद्युत् पोल ढल्दा आज बिहानैदेखि कावासोतीआसपासका क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाले सूचना जारी गरी जनाएको छ ।