१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

न्यायपालिका अधिकृत समाजको कार्यसमिति चयन विवादमाः सिडिओ कार्यालयमा उजुरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५१:oo

न्यायपालिका अधिकृत समाजको नयाँ कार्यसमिति चयन विवादमा परेको छ। वैधानिक प्रक्रिया मिचेर सीमित व्यक्तिहरूबिच भागबन्डाबाट कार्यसमिति गठन गरिएको भन्दै त्यसलाई वैधानिकता नदिन माग गरी जिल्ला प्रशासन कार्यालयमा समाजका सदस्यहरूले उजुरी दिएका छन्। 

समाजका सदस्यद्वय हरि भट्टराई र सुकराम मोक्तानले न्यायपालिका अधिकृत समाज र पाँचौँ साधरणसभामा निर्वाचनमण्डलको संयोजक तोकिएका मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका हुन्। 

गत १८ जेठमा अच्युत कुइँकेलको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति चयन भएको थियो। निर्वाचन प्रक्रिया बिचमै रोकेर संस्थाको विधानविपरीत त्यसरी कार्यसमिति चयन गरिएको उजुरीमा दाबी गरिएको छ। 

उजुरीमा भनिएको छ, ‘यसरी निर्वाचन प्रक्रिया समाप्त नभई र वैधानिक उम्मेदवारी प्रक्रिया पूरा नगरी गरिएको उक्त कार्यले संस्थाको विधान, लोकतान्त्रिक अभ्यास र सदस्यहरूको सहभागितामा आधारित नेतृत्व चयन प्रक्रियाको गम्भीर उल्लंघन गरेकोले न्यायपालिका अधिकृत समाजको विधान, संस्था दर्तासम्बन्धी ऐन, २०३४, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र प्रचलित कानुनका आधारमा मिति २०८२/०२/१८ मा भागबन्डाका आधारमा अवैधानिक तवरले गठन गरिएको कार्यसमितिलाई वैधानिक मान्यता नदिन, सो कार्यसमितिको नाममा संस्था नवीकरण नगरिदिन, विधिसम्मत निर्वाचन प्रक्रिया अवलम्बन गरी नयाँ कार्यसमिति चयन गर्न सम्बन्धित पक्षलाई आदेश गर्न, र सो प्रकरणमा दोषी ठहरिने व्यक्तिहरूको भूमिकाको छानबिन गरी आवश्यक प्रशासनिक तथा कानुनी कारबाही गर्न यस उजुरीसँग सम्बन्धित हामीलाई उपलब्ध तपशीलमा उल्लेखित आवश्यक दस्ताबेजहरूको प्रतिलिपि, कानुनी नजिर संलग्न गरी पेस गरेका छौँ। अन्य आवश्यक कागजात निर्वाचन मण्डल र न्यायपालिका अधिकृत समाजसँग झिकी बुझी पाऊँ। निवेदनअनुसार आवश्यक कारबाहीका लागि सादर अनुरोध गर्दछौँ।’