१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८२ असार २ सोमबार o९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार दुर्घटनामा चार भारतीय नागरिक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o९:३o:oo

जिल्लाको नमोबुद्ध नगरपालिका– ६, चौकीडाँडामा भारतीय कार दुर्घटनामा चारजना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार साँझ साढे ५ बजेतिर नमोबुद्ध– ६ चौकीडाँडास्थित बिपी राजमार्ग सडकखण्डमा काठमाडाैंबाट वीरगन्ज जाँदै गरेको बिआर ०१– डिपी १००० नम्बरको कार दुर्घटनामा परेको हो ।

ब्रेक फेल भई कार सडकबाट करिब सात मिटर तल खसेको थियो । कारमा सवार चारैजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरू भारत पटना बिहारका ४६ वर्षीय अजय कुमार, सोही स्थानकी ४८ वर्षीया सुनिता देवी, २० वर्षीय अञ्जली सिंह र ३० वर्षीय धीरजकुमार रहेका छन् । घाइतेको नमोबुद्ध– ४ स्थित मेथिनकोट अस्पतालमा उपचार भइरहेको छ ।