१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format o९:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाँटीमा मासु अड्किएर एक वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३२:oo

 सुँगुरको मासु खाने क्रममा घाँटीमा मासु अड्किएर धनकुटाका वृद्धको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बुको सुँगुरको मासु खाने क्रममा अचानक घाँटीमा मासु अड्किएर मृत्यू भएको प्रहरीले बताएको छ।

जेठ २१ गतेका दिन घरमा मासु पकाएर खाने क्रममा वृद्ध लिम्बुको घाँटीमा मासु अड्किएपछि उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो ।

विराट टिचिङ अस्पतालमा डाक्टरले अड्किएको मासु लिम्बूको घाँटीबाट निकालिएको भएपनि घाँटीमा असर पारेका कारण उनको उपचारको क्रममा गएराति मृत्यु भएको डिएसपी ओमप्रकाश खनालले बताए । लिम्बुको मृत्यु भएपछि कानुनी प्रकृया अनुसार शवको पोष्टर्माटमको तयारी गरिरहेको प्रहरीले बताएको छ ।