१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
Invalid date format १२:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

उच्च अदालतमा रिक्त चार मुख्य न्यायाधीश पदका लागि नाम सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२१:oo

उच्च अदालतमा रिक्त चार मुख्य न्यायाधीश पदका लागि चारजनाको नाम सिफारिस भएको छ । शुक्रबार न्यायपरिषद्को बैठकले गरेको निर्णयअनुसार राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई सिफारिस गरिएको हो ।

उच्च अदालत विराटनगरमा भट्टराई, उच्च अदालत पाटनमा कुँवर, उच्च अदालत सुर्खेतमा भण्डारी र उच्च अदालत तुलसीपुरमा तिवारीलाई सिफारिस गरिएको हो। 

यसअघि भट्टराई उच्च अदालत जनकपुर, कुँवर पाटन, भण्डारी ओखलढुंगा र तिवारी तुलसीपुर इजलासमा थिए । त्यस्तै न्यायपरिषदले उच्च अदालत दिपायलमा रहेका न्यायधीस गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुरमा सरुवा गर्ने निर्णय गरेको छ । 

रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा कार्यरत न्यायाधीश डाक्टर शान्ता सेढाईं सापकोटालाई तोक्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।