
गत मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. चार हजार दुई सयले वृद्धि भएको छ भने चाँदीमा रु. १५ ले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९७ हजार एक सय कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
गत मंगलबार एक तोला सुन रु. एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु. दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।