१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format २२:३२:oo
Read Time : < 1 मिनेट
समाचार

न्यायाधीश थारुमाथि मोसो प्रहार हुँदा छुट्टीमा थिए पिएसओ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:३२:oo

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुशीप्रसाद थारुमाथि मोसो प्रहार गर्ने बेला उनका व्यक्तिगत सुरक्षा अधिकृत ( पिएससो ) प्रहरी सहायक निरीक्षक मुना साह छुट्टीमा रहेको खुलेको छ । बिहीवार दिउँसो ११ः३० मा न्यायाधीश थारु इजलासमा प्रवेश गरेपछि पिअसो साह उनीसँग छुट्टी लिएर बाहिर निस्किएका थिए ।   

पिएसओ नभएका बेला न्यायाधीश थारुमाथि इजलासमै नेकपा बहुमतका कार्यकर्ताले मोसो प्रहार गरेका थिए। 
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश थारु असइ पिएसओ राख्ने एक्लो न्यायाधीश हुन्। उच्च अदालतका अन्य न्यायाधीशहरुको प्रहरी जवान र हवल्दारहरु मात्र पिअसो राखेका छन्। 

प्रहरी स्रोतका अनुसार न्यायाधीश थारुमाथि मोसो प्रहार भएको केही समयपछि अदालतमा  पुगेका असइ साहलाई जिल्ला प्रहरी कार्यालय पर्साले हटाउने तयारी गरेको छ। 

न्यायाधीश थारूमाथि इजलासमै मोसो प्रहार गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर (अविनाश), बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका– २ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले बताए । 

उनीहरूले बिहीबार दिउँसो इजलासमै पसेर मोसो प्रहार गरेका थिए। मोसो प्रहार गरेपछि जनकारबाही गरेको घोषणा गरेका थिए । 

न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुव्र्यवहार भएको हो । 
घटनाको नेपाल बार एशोसियसन तथा कर्मचारी संगठनले आलोचना गरेका छन्।