१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २९ बिहीबार o८:५६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार o८:५६:oo

कीर्तिपुर मैदानको स्तरोन्नतिको अवस्था कस्तो छ ?
हामी कीर्तिपुर मैदानको निर्माणमा प्रत्यक्ष संलग्न छैनौँ, बाहिरबाट हेर्ने मात्र हो । सरकारले प्याराफिटको स्तरोन्नतिलगायत कामका लागि ‘ग्राउन्ड’ ‘टेक ओभर’ गरेको हो । केही दिनअघि प्रधानमन्त्रीज्यू जानुभन्दा पहिले म पनि पुगेको थिएँ मैदानमा । केही ढिलो भए पनि काम ‘फास्ट ट्रयाक’मै भइरहेको छ । फ्लडलाइट जडानका विषयमा हामीसित सल्लाह भएको छैन । अहिले सुनिएअनुसार पुरानो प्रविधिको फ्लडलाइट जडान गर्न टेन्डर भइसकेको छ । हामीले विश्वभर हाल चलिरहेको आधुनिक लाइट जडान गर्नुपर्छ भनेर केही वर्षअघि नै खेलकुद परिषद्लाई सुझाव दिएका थियौँ । तर, त्यसअनुसार भएजस्तो लाग्दैन । तैपनि, जेजति हुँदै छ, त्यो पनि सकारात्मक नै छ । 

पछिल्लो समयको नेपाली पुरुष तथा महिला क्रिकेटको अवस्थाबाट कत्तिको आशावादी बन्न सकिएला ?
नयाँ कोचले पुरुष खेलाडीलाई तिखार्ने काम गर्दै हुनुहुन्छ । गएको वर्ष हामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा केही पछि परे पनि अहिले पुनः सुधार देखिँदै छ । महिला टिमका लागि पनि कन्सल्टेन्ट कोच राखेका थियौँ । त्यसले पनि परिणाम सकारात्मक दिइरहेको छ । यसबाट पनि भविष्यका लागि थप आशावादी बन्न सकिन्छ ।  

नेपाली क्रिकेटलाई थप उचाइ दिन क्यानले के गर्दै छ ?
पूर्वाधार विकासका लागि हामीले सरकारलाई भनिरहेका छौँ र सरकारले पनि क्रमिक रूपमा विभिन्न स्थानमा त्यसका लागि लगानी गरिरहेको छ । हामीसँग सल्लाह नभए पनि पूर्वाधार विकासको अहिलेको अवस्थाबाट केही हदसम्म उत्साहित हुन सकिन्छ । पछिल्लो समयमा बंगलादेश, श्रीलंकालगायत राष्ट्रसँग अन्तर्राष्ट्रिय सिरिजका लागि संवाद भइरहेको छ । रिजल्ट छिट्टै बाहिर आउन सक्छ । यसका साथै घरेलु लिगलाई निरन्तरता दिने, नयाँनयाँ खेलाडी तयार गर्ने कार्यमा क्यान निरन्तर लागिपरेको छ ।