१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २७ मंगलबार २३:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेदरल्याड्सलाई हराउँदै नेपालद्वारा सिरिजको सुखद समापन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार २३:५३:oo

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले  नेदरल्यान्ड्सलाई पराजित गरेको छ । न्यून स्कोरमा प्रतिस्पर्धी बनेको खेलमा नेपाल १६ रनले विजयी भएको हो। 

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २३६ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेदरल्याड्स २२० रनमै अलआउट हुन पुग्यो ।   १० पेनाल्टी रन पाउँदा समेत नेदरल्याड्सले नेपाली बलरको धारिलो बलिङका सामु लक्ष्य पूरा गर्न सकेन। अन्तिम ओभरमा नेदरल्याड्सलाई १८ रन चाहिदा एक विकेट बाँकी थियो। अन्तिम ओभरको दोस्रो बलमा करण केसीले डच ब्याट्सम्यानलाई क्याचआउट गराएपछि नेपालले जितेको हो। 

नेपालका लागि डेब्यु गरेका खेलाडी नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै नाै ओभरमा  ३९ रन दिएर तीन विकेट लिएका थिए। 

त्यस्तै सन्दीप लामिछाने, ललित राजबंशी र कुशल भुर्तेलले पनि उत्कृष्ट बलिङ प्रदर्शन गरे। सन्दीपले १० ओभरमा ३९ रन दिएर तीन विकेट तथा ललितले १० ओभरमा २९ रन दिएर २ विकेट लिए । पार्टटाइम बलर रहेका कुशल भुर्तेलले पनि किफायती बलिङ गर्दै १० ओभरमा ३४ रन दिएर एक विकेट लिएका थिए। 

ब्याटीङतर्फ एक्ले लडेका आरिफ सेखले ८५ बलमा ८४ रन बनाएका थिए। उनी म्याद अफ दी म्याच घोषित भए। 

सिरिजका चार खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको हो । स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा नेपाल दुई रनको झिनो अन्तरले पराजित भएको थियो।यससँगै लिगको अंकतालिकामा १६ खेलमा पाँचौँ जित दर्ता गरेको छ । यद्यपि आठ टिममध्ये नेपाल सातौँ स्थानमा छ । 

नेदरल्याड्सलाई नेपालले जितेपछिको अंकतालिका