१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार

ऋण दिँदा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

बैंकबाट ऋण प्रवाह गर्दा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्ष डा. चन्द्रप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। तीन वटा कम्पनीलाई कर्जा प्रवाह गर्दा ७५ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

उनले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाहमा सघाएका थिए। त्यसबापत १९ लाख अधिकारीले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल तथा अमृत भुसालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर भएको छ।   घुस लेनदेनमा सघाउने नसिब अन्सारीलाई पनि प्रतिवादी बनाइएको छ। 

 हिमाल तराई कन्ट्रक्सन, अकलादेवी ट्रेडर्ससँग घुस लिएको अभियोगमा पनि छुट्टाछुट्टै मुद्दा दायर भएको छ। हिमाल तराई कन्ट्रक्सनसँग ६ लाख तथा अकलादेवीसँग ५० लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। उनको मेबाइल नियन्त्रणमा लिई आयोगले विस्तृत अनुसन्धान गर्दा उनको घुस लेनदेन पत्ता लागेको हो।  

अकलादेवी ट्रेडर्सलाई २५ करोड ऋण दिंदा उनले सञ्चालकहरू नारायण प्रसाद बराल, दानबहादुर कार्की र सुन्दर बहादुर बाँनियासँग २ प्रतिशत घुसको डिल गरी लिएका थिए। कम्पनीका सञ्चालकलाई पनि प्रतिवादी बनाइएको छ भने घुस लेनदेनमा सघाउने सन्तोष सुवेदी र खुस नसिब अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको छ। 

त्यस्तै, हिमाल तराई कन्ट्रक्सनका सञ्चालक रमेश आचार्यलाई ६ करोड ऋण दिदा ६ लाख घुस लिएका हुन्। घुसवापतको चेक उनको घरबाटै अख्तियारले माघ २३ गते बरामद गरेको थियो।