१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २३ शुक्रबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिप मेलाका लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार २o:४४:oo

एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ ।  सिप विकासअन्तर्गत महानगरले आयोजना गरेको यो सबैभन्दा ठुलो सिप विकास कार्यक्रम हो । 

यस कार्यक्रमअन्तर्गत, व्यावहारिक र  रोजगारीमुखी सिपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउनेछ । 

काठमाडौं महानगरपालिकाद्वारा जेठ २१ गते काठमाडौंको टुँडिखेलमा सम्झौतापत्र हस्ताक्षर कार्यक्रममाझ काठमाडौं महानगरपालिका र एनसेलबिच सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो । 

काठमाडौं महानगरपालिकातर्फबाट सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलको तर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

छुटाउनुभयो की ?