
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकमा व्याप्त निराशालाई चिर्दै आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार १८औँ गणतन्त्र दिवसको अवसर पारेर शुभकामना सन्देश दिँदै नेता कोइरालाले गणतन्त्रको शासकीय स्वरूपसहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरकोणबाट सबल र सक्षम बनाउन इमानदार प्रयत्न हुन जरुरी रहेको बताए ।
उनले लेखेका छन्, ‘नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गरी न्याय र समानताको अनुभूति गर्न सक्ने समाज निर्माणको पथमा हिँड्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ ।’